|
२०८२ कार्तिक १७
काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् ।
कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन् ।
राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्