|
२०८२ पुष १४
काठमाण्डौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः रास्वपासँग संवादमा जोडिएका छन् ।
पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुनः छलफलका लागि गएको कुलमाननिटक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका छन् ।
उनीहरूबीच कहाँ छलफल हुने भन्ने खुलाइएको छैन ।
यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुनः छलफलमा जुटेका हुन् ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्