अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा, को को हुन् ती मन्त्री ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

काठमाण्डौँ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्री राजीनामा दिएर चुनावी मौदानमा उत्रिएका छन् ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम मन्त्रिपरिषद्मा रहेका शिक्षामन्त्री पुनसहित चार जना राजीनामा दिएर चुनावमा होमिएका हुन् ।

आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गरेका छन् ।

निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् ।

निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका छन् । गुप्ता सिराहा १ बाट चुनाव लड्दैछन् ।दआगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनको समय आज हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *