इलाम — संघीय प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले) ले इलामका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले क्षेत्र नम्बर १ बाट काजीमान कागते र क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
शनिबार सम्पन्न एमाले सचिवालय बैठकले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १४१ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ। सोही निर्णयअनुसार इलामका दुवै क्षेत्रका उम्मेदवार सार्वजनिक भएका हुन्।
सुहाङ नेम्वाङ हालैको उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनले इलाम क्षेत्र नम्बर २ बाट २७ हजार ७७२ मत प्राप्त गर्दै जित हात पारेका थिए। यता, काजीमान कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् र उनी क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा उत्रँदै छन्।
निर्वाचन हुन अब करिब डेढ महिना मात्र बाँकी रहँदा राजनीतिक दलहरूले उम्मेदवारी प्रक्रिया तीव्र पारेका छन्। निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते हुने जनाइएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्