|
२०८२ भाद्र ३०
🟦 प्रधानमन्त्री सुशीला कार्कीको निर्णय
- जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई “शहीद” घोषणा।
- प्रत्येक परिवारलाई १०/१० लाख क्षतिपूर्ति।
- घाइतेको सरकारबाट निःशुल्क उपचार व्यवस्था।
- प्रतिनिधिसभा विघटन गर्ने र आगामी फागुन २१ मा निर्वाचन गर्ने निर्णय।
🟩 गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय
- जेनजी आन्दोलनमा मृतकको सम्झनामा राष्ट्रिय शोक मनाउने।
- राष्ट्रिय झण्डा आधा झुकाइने।
- शहीद परिवारलाई एक–एक लाख काजकिरिया खर्च।
- शव व्यवस्थापनका लागि सरकारको तर्फबाट सवारीसाधन र विकट ठाउँमा हेलिकप्टरको व्यवस्था।
🟨 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्णय
- डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्देशन।
- आफ्नै बर्खास्तीको कारण बनेको निर्णय कार्यान्वयनमा लैजाने घोषणा।
🟧 अर्थमन्त्री रामेश्वर खनालको निर्णय
- तयारी नभएका “टुक्रे आयोजना” खारेज गर्ने निर्णय।
- बजेटमा रहेका फजुल खर्च मूल्याङ्कन गर्ने।
- टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्