कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रको कार्यतालिका

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ ।

भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शुरू हुनेछ । आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।

चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।

नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *