भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २७

काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो ।

आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *