डलरको मूल्य बढ्यो, आजको विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १९

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (२०८२ पुष १९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य फेरि बढ्दै एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरोपियन युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन तथा सिङ्गापुर डलरसहित अन्य प्रमुख विदेशी मुद्राको दर पनि निर्धारण गरिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल र भारतीय रुपैयाँको विनिमयदरसमेत सार्वजनिक गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कका अनुसार आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्नेछ भने वाणिज्य बैङ्कमा फरक दर लागू हुन सक्नेछ। अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *