नयाँ विदेशी विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलरको १०० रुपैयाँ ४१ पैसा, र जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर संशोधन गर्न सकिने र अद्यावधिक दर आफ्नो वेबसाइटमा हेर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *