|
२०८२ पुष ११
काठमाडौं — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहँदै एक डलरको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ।
यस्तै, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्रयाङ्कलगायत अन्य प्रमुख विदेशी मुद्राको विनिमयदर पनि आज सामान्य उतार–चढावबिनै निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकले तोक्ने दर फरक हुन सक्छ।
अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।


दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्