|
२०८२ पुष १४
काठमाण्डौँ । जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको दाबी गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।
उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए ।
जेनजीले असल मनोभावनाका साथ सुरु गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर राष्ट्रविरुद्ध नै आक्रमण गरिएको उनको भनाइ छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्