भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाण्डौँ । निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहेने भनेर प्रस्ताव गरिएको छ ।

प्रस्तावित स्वघोषणामा भनिएको छ, ‘कुनै भ्रष्टाचार जन्य कसुरमा अनुसन्धानमा नरहेको तथा सो कसुरमा मुद्दा दायर नभएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन नरहेको ।’ उम्मेदवारले गर्ने स्वघोषणामा यस्तो प्रावधान राख्न प्रस्ताव गरिएको हो ।

यसबाहेक उम्मेदवारले विगतमा झैं नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहेको, कुनै संघीय कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको लगायतको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *