काठमाण्डौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टचार गरेको आरोपमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यस्तै एउटा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरेको छ । अख्तिायरले गरेको अनुसन्धानमा अनियमितता ठहर भए अनुसार बिगो कायम गरी मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
भ्रष्टाचार मुद्दा लाग्नेहरूमा पूर्वमन्त्रीहरू पोष्टबहादुर बोगटी, डा। रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य छन् । पूर्वमन्त्री बोगटीको निधन भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा। महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा पुगेका छन् । मुद्दा लागेका मन्त्रीमध्ये डा.महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् ।
यस्तै भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा अहिले हिरासतमा रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्