सोलुखुम्बुबाट कांग्रेसका १३ उम्मेदवार प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ १३ जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

तीन दिनसम्म सदरमुकाम सल्लेरीमा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाका अनुसार बैठकले सर्वसम्मत निर्णय गरेको हो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस हुनेमा पार्टीका केन्द्रीय सदस्यहरू बलबहादुर केसी र आङ्गेलु शेर्पासहित विनोद बस्नेत, प्रकाशसिंह कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र महिला कोटाबाट रीना उप्रेती रहेका छन्।

यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिण्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एकाकुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल र दुर्गाप्रसाद दर्जीलाई सिफारिस गरिएको सभापति शेर्पाले जानकारी दिनुभयो।

जिल्ला कार्यसमितिको यस निर्णयसँगै कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्रता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *