कांग्रेस कालिकोटले १२ जना उम्मेदवार सिफारिस गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटी का अनुसार मंसिर २४ गतेदेखि सुरु भएको कांग्रेस कालिकोटको बैठकले शनिबार उम्मेदवार सिफारिसको टुङ्गो लगाएको हो ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदी लाई सिफारिस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *