काठमाण्डौँ महानगरले आज स्थापना दिवस मनाउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाले सोमबार ३१ औँ दिवस मनाउँदै छ । महानगरले सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगर दिवस मनाउन मनाउने भएको हो ।

महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार १० स्रष्टालाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको साँस्कृतिक प्रस्तुतिसमेत हुनेछ ।

यही अवसरमा काठमाण्डौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरूलाई सम्मान गरेको छ । आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले बाजागुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरे ।

महानगरका अनुसार ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मुधिमे गुरु र ५२ जना दाफा खिं गुरुलाई सम्मान गरिएको हो । यस्तै गुँलाबाज व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिसभएका २६ टोलका एक(एक, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक(एक जना नायःखिं बाजा गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट सिफारिस भएका १४ गुरु छन् ।

कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्वस्फूर्त परम्परागत वादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरूले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *