छठ मनाउन काठमाण्डौँ महानगरले ८ स्थान तोक्यो, पैसा उठाउनेलाई कारबाही गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ ।

काठमाण्डौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी यो जानकारी दिनुभएको छ । उहाँका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको छ ।

महानगरले यी तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको पाण्डेले बताउनु भएको छ । सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन् । उहाँले छठ पर्व व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने गरी तयारी गरिएको बताउनुभएको छ ।

पाण्डेले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाइने स्पष्ट पार्नुभएको छ । ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *