थामे हिमबाढी प्रभावितलाई काठमाडौं महानगरले २० लाख दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ८

काठमाडौँ : सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ।

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको हो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *