एमालेले अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्न पार्टी सक्रिय रहेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी सन्देशमा उनले व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री, शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुदको क्षेत्रमा पार्टी गम्भीर रहेको उल्लेख गरे।

ओलीका अनुसार, पार्टीले अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै उनीहरूको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *