|
२०८२ मंसिर ९
काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। पार्टी केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचायका अनुसार एमाले प्रतिनिधि सभातर्फ ६६ नम्बरमा दर्ता भएको छ।
एमालेले पहिले राष्ट्रिय सभा निर्वाचनका लागि मात्र दर्ता गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनमा पार्टीले भाग लिने बताएका छन्।
ओलीका अनुसार, एमालेको प्राथमिक उद्देश्य प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको छ। हाल पार्टीले सडक प्रदर्शन, भेला र सभा आयोजना गर्दै जनदबाब सिर्जना गरिरहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्