|
२०८२ आश्विन २०
सप्तरीको सप्तकोसी नगरपालिका–६, बोचही पोखरीया टोलमा डुबानमा फसेका २० जनालाई नेपाली सेनाले आइतबार उद्धार गरेको छ।
बरख गणका सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले अशक्त, वृद्ध, महिला र बालबालिकालाई सुरक्षित स्थानमा पुर्याएको हो। उनीहरुलाई राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको छ।
दुई दिनको लगातार वर्षाका कारण बाढीको जोखिम अझै कायम रहेको प्रमुख सेनानी सोवित बहादुर चन्दले जनाएका छन्। उद्धार कार्य प्रमुख जिल्ला अधिकारीको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्