खैरो हेरोइनसहित चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १२

धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरिएको छ।

धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई धनगढीबाट, र गोदावरी–२ अत्तरिया बजार क्षेत्रमा २२ वर्षीय बिशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट कुल १६ ग्राम २६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *