|
२०८२ मंसिर २
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–१० कर्राबाट लागुऔषध खैरो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
कर्राका ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई प्रहरीले ७ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित) खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले क्षेत्रीको साथबाट २ थान फलामको रड पनि बरामद गरेको जनाएको छ।
पक्राउ परेका उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्