महेश बस्नेतको विरोधमा सुनसरीको दुहबीमा पनि प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाण्डौँ । नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी) हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ ।

विराटनगर विमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।

मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *