महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने युवा कांग्रेस निकट विद्यार्थी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाण्डौँ । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।

आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । पक्राउ परेका विराटनगर १ का २५ वर्षीय सन्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् ।

गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।

नेविस‌घ महेन्द्र मोरङमा संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन् । अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

यता नेता बस्नेतले भने कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।

बस्नेत सुनसरीको इटहरीमा आएपछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *