|
२०८२ मंसिर ५
काठमाण्डौँ । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेन-जी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज उनीहरू सिमरा पुग्ने बारा जेन-जी संयोजक सम्राट उपाध्यायले बताएका छन् ।
उपाध्यायका अनुसार सुधनको टोली गाडीमा सिमरातर्फ गएको हो । तीन बजेसम्म पुग्ने र प्रशासनसँग निर्णायक वार्ता हुने उनले बताएका छन् ।
अरविन्द शाहलाई पक्राउ गर्नुपर्ने जेन-जीको मुख्य माग पूरा भइसकेको छ । तर, आफूहरुले भनेका अरु व्यक्तिहरु पनि पक्राउ गर्न बाँकी रहेको उपाध्यायले बताएका छन् । अब जिल्ला प्रशासनसँग आन्दोलन स्थगित गरेर निर्णायक वार्तामा बस्ने तयारीमा जेन-जीहरू छन् । उनीहरूले अहिले सुधनलाई पर्खिरहेका छन् ।
बुधबार एमाले नेता-कार्यकर्ता र जेन-जी युवाबीच सिमरामा झडप भएको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्