|
२०८३ आश्विन ११
काठमाडौं । पहिरोले ३३ केभी प्रसारण लाइनमा क्षति पुर्याएपछि मनाङका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।
लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा विद्युत्सँगै सञ्चार सेवा पनि प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
विद्युत् लाइन मर्मतका लागि प्राविधिक टोली खटाइएको छ। तर पहिरोका कारण सडक तथा आवागमन प्रभावित हुँदा क्षतिग्रस्त संरचनासम्म पुग्न समस्या भइरहेको मन्त्रालयले जनाएको छ।
मौसम प्रतिकूल रहेकाले थप पहिरोको जोखिमसमेत रहेको छ। मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै विद्युत् सेवा सकेसम्म छिटो नियमित गर्ने प्रयास भइरहेको जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्