नागढुंगा–मुग्लिन सडकमा यात्रा जोखिमपूर्ण, ठाउँठाउँमा पहिरो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ११

काठमाडौं । वर्षा नरोकिएपछि नागढुंगा–मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ। सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा कतै सवारी रोकिएका छन् भने कतै एकतर्फी आवागमन भइरहेको छ।

सडक आयोजना कार्यालयका अनुसार आइतबार बिहानसम्म १० स्थानमा पहिरो खसेको छ। कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा दुवैतर्फको आवागमन रोकिएको छ।

अन्य प्रभावित स्थानमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउने काम तत्काल अघि बढाउन समस्या भइरहेको आयोजनाले जनाएको छ।

वर्षा केही कम भएपछि आवश्यक उपकरण परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ। थप पहिरोको जोखिम कायमै रहेकाले आयोजनाले अत्यावश्यकबाहेकको यात्रा नगर्न यात्रुलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement