तीन महिनाभित्र टेलिकमको बक्यौता तिरे जरिवाना नलाग्ने, नतिरे कालोसूचीमा समावेश गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौँ ।  नेपाल टेलिकमले ०७९/०८० सम्मको बक्यौता रकम तीन महिनाभित्र भुक्तानी गरेमा ग्राहकहरूलाई जरिवाना छुट दिने भएको छ। आइतबार सूचना जारी गर्दै टेलिकमले मंसिर १ गतेदेखि माघ मसान्तसम्म बक्यौता तिर्ने ग्राहकले कुनै जरिवाना तिर्नु नपर्ने स्पष्ट गरेको हो।

टेलिकमले यस अवसरको लाभ लिन बक्यौता बाँकी रहेका सबै ग्राहकलाई आग्रह गरेको छ। तर तोकिएको अवधि भित्र समेत बक्यौता नतिर्ने ग्राहकहरूको नाम पत्रपत्रिकामा प्रकाशित गर्ने, टेलिकमको वेबसाइटमा राख्ने तथा कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *