भ्याक्सिन सम्बन्धित बैठकमा माक्स नलगाएका कारण प्रधानमन्त्रीले तिरे २२,८८७ रुपैयाँ जरिवाना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १४

थाइल्यान्डका प्रधानमन्त्री जेनेरल प्रयुत चान-ओ-चालाई माक्स नलगाएका कारण ६०००भाट (२२,८८७ रुपैयाँ) को जरिवाना लगाइएको छ। त्यहाँ माक्सको प्रयोग नगर्ने व्यक्तिसङ्ग २००००भाट (७६,३८० रुपैयाँ) सम्मको जरिवाना लिइने गरिन्छ।

कोरोनाको बढ्दो प्रकोपका कारण थाइल्यान्डमा हिजो मात्रै २,०४८ सङ्क्रमित फेला परेका छन् भने , ८ जनाको मृत्यु भएको छ। यस कारण त्यहाँ सबै राजनीतिक बैठकमा माक्स लगाउन अनिवार्य गरिएको हो।

बैंकक पोष्टका अनुसार भ्याक्सिन सम्बन्धित बोलाइएको बैठकमा प्रधानमन्त्री जेनेरल प्रयुत चान-ओ-चा माक्सबिना उपस्थित थिए। बैंककका गवर्नर अस्विन क्वांमुआंगले आफूले प्रधानमन्त्रीकाे शिकायत गरेको फेसबुक मार्फत  बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *