नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २

काठमाडौँ : नेपाल टेलिकमले सुनधारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ। रोबर्टले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुनधारा शाखाका प्रमुख दिनेश पन्थीले जानकारी दिए।

रोबर्टका साथै सुनधारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरू पनि सुरु गरिएकाे उनले सुनाए। उनका अनुसार रोबर्टलाई ६ सय प्रश्नको तालिम गराइएको छ। नेपाल टेलिकम सुनधारा शाखाका प्रमुखले टेलिकमले दिने थप सेवा सुविधा र प्याकेजबारे पनि आउँदा दिनहरुका मैना रोबर्टलाई तालिम दिने बताए। उनका अनुसार ग्रहाकहरुले मैनालाई प्याकेजहरुकाबारे जिज्ञासा राख्न सक्नेछन्।

रोबर्टले सुनधारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिनेछ। हरेक शनिबार पनि कार्यालय खुला हुने बताइएको छ। कार्यालय प्रमुखका अनुसार सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने भाष्यलाई चिर्न र यस्ता मानसिकतालाई हटाउने गरी आफूहरूले काम गरिरहेको जनाए। शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *