एनएसएलमा आज लुम्बिनी र धनगढीबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १९

काठमाण्डौँ । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

सिजनको दोस्रो प्रतिस्पर्धामा उत्रिन लागेको बुटवल लुम्बिनी आज पहिलो जितको खोजीमा रहँदा धनगढी एफसी भने आफ्नो पहिलो प्रतिस्पर्धाका लागि मैदान उत्रिँदैछ।

यसअघि आइतबार बुटवल लुम्बिनीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । गएराति सम्पन्न खेलमा एफसी चितवनले पोखरा थन्डर्स एफसीलाई २–० ले पराजित गरेको थियो ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *