लुम्बिनी अन्तिम खेलमा पनि पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २८

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ।

कर्णालीले दिएको १२९ रनको लक्ष्य लुम्बिनीले सबै ओभर खेल्दै १२३ रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुद २, विलियम बसिस्टो, सोमपाल कामी,नन्दन यादव, विपिन शर्मा एक एक विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १ १ विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *