नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ।
कर्णालीले दिएको १२९ रनको लक्ष्य लुम्बिनीले सबै ओभर खेल्दै १२३ रन बनायो ।
कर्णालीका लागि जिसन मक्सुद २, विलियम बसिस्टो, सोमपाल कामी,नन्दन यादव, विपिन शर्मा एक एक विकेट लिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १ १ विकेट लिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया