दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाण्डौँ । दक्षिण अफ्रिकाका स्पीन बलर इमरान ताहिरले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता टोली जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दा २९३ विकेट लिएका छन् । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका ताहिरले ४४६ टी-२० खेलमा ५७० विकेट लिएका छन् ।

ताहिरले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिताहरू जितेका छन् । भारतको आईपीएलमा राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन् । सन् २०१९ मा उनले आईपीएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए ।

यसका अलावा उनले बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, लंका प्रिमियर लिग, आईएलटी-२०, एसएटी-२० जस्ता चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

जनकपुरले यसअघि लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुनः दोहोर्‍याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरिसकेको छ ।

जनकपुरले प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपललाई भित्र्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *