|
२०८२ कार्तिक २०
धनगढी । बझाङको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा थालारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डीएसपी टेकबहादुर जोराका अनुसार ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्।
उनको छाती र बाँया खुट्टामा चोट लागेको छ र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्