वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

पर्सा — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा रु २६ अर्ब ५९ करोड बराबरका सामान निर्यात भएका छन्, जुन गत वर्षको सोही अवधिको रु ८ अर्ब ८४ करोड भन्दा तीन गुणा बढी हो।

मुख्य निर्यात वस्तुहरूमा भटमासको तेल, जुस, सूर्यमुखीको तेल, कपडासेन्थेटिक यार्न रहेका छन्।

यीमध्ये सबैभन्दा बढी रु १३ अर्ब ९८ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *