वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बको पेट्रोलियम आयात

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिभन्दा १ अर्ब ७६ करोड बढी हो।

डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ र मट्टितेलको आयातबाट ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा १ अर्ब २९ करोडले बढी हो।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको प्रमुख राजस्व स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *