|
२०८२ कार्तिक १८
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कार्यकाल पूरा हुनुअघि पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सोमबार अन्तरिम आदेशको मागसहित रिट दायर गरेका हुन्।
२०८१ चैत ११ गते चार वर्षका लागि नियुक्त भएका शाक्यलाई सरकारले २०८२ असोज ५ गते पदबाट हटाएर जल तथा ऊर्जा आयोग सचिवालयमा सरुवा गरेको थियो। आफू अन्यायमा परेको दाबी गर्दै शाक्य अदालत पुगेका हुन्। अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्