राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकिँदै, आगामी माघ ११ गते निर्वाचन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौं – राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ। कार्यकाल सकिने सांसदहरूमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र)का सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनीत एक जना सांसद रहेका छन्।

रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

माओवादी केन्द्रका सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन्।

एमालेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि यही अवधिमा समाप्त हुँदैछ।

त्यसैगरी, एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन्।

यसैबीच, सरकारले बुधबार आगामी माघ ११ गते आइतबार राष्ट्रियसभाको निर्वाचन मिति तोकेको छ। राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये यसपालि १८ जना सदस्यका लागि निर्वाचन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *