करेन्ट लागेर वडाध्यक्षको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

रौतहट।  रौतहट जिल्लाको गौर नगरपालिका–५ मा करेन्ट लागेर ४२ वर्षीय पूर्व वडाध्यक्ष राम सोगारथ यादवको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब ४:१५ बजे आफ्नै खेतबारीमा मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
डीएसपी राजु कार्कीले जानकारी दिएअनुसार मोटरमा ब्याट्री सट भई आगलागी समेत भएको थियो, तर अन्य मानवीय क्षति भने नभएको बताइएको छ।

यादव गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष समेत थिए। हाल उनको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *