विपिन जोशीसहित चार जना मृतकको शव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

असोज २८ — प्यालेस्टिनी अतिवादी समूह हमासले सोमबार अबेर नेपाली नागरिक विपिन जोशीसहित चार जना मृतकको शव इसराइललाई हस्तान्तरण गरेको छ। रेडक्रसको माध्यमबाट शव फिर्ता गरिएको इसराइली समाचार संस्था टाइम्स अफ इसराइल ले जनाएको छ।

हस्तान्तरण गरिएका शवहरूमा विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेज रहेका छन्। मृतकहरूको शव इसराइली सेनाले प्राप्त गरेको पुष्टि गरेको छ।

इसराइलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, सोमबार साँझ इसराइली सेनाले भिडियो संवादमार्फत विपिन जोशी जीवित नरहेको जानकारी दिएका थिए। यसअघि विपिनको अवस्था अनिश्चित रहेको थियो।

शवहरूलाई फरेन्सिक परीक्षणका लागि तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको छ। पहिचान प्रक्रियामा दुई दिन लाग्न सक्ने बताइएको छ।

हालसम्म २४ जना मृत बन्धकहरूको शव अझै हमासले हस्तान्तरण गरिसकेको छैन। ७२ घन्टाभित्र जीवित र मृत दुवै बन्धकको अवस्था स्पष्ट पार्ने र शव हस्तान्तरण गर्ने सम्झौता भए पनि हमासले सीमितता र सुरक्षाको कारण देखाउँदै ढिलाइ गरेको दाबी गरेको छ।

इसराइली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार शव समयमै फिर्ता नगरे कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *