आफ्नो कब्जामा रहेका जीवित सबै बन्धक बुझाइसकेको हमासको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २७

काठमाण्डौँ । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ ।

मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गरिने हमासले जनाएको छ । सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना गरी हमासले २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो ।

रेडक्रसका अधिकारीहरू रिहा गरिएका बन्धक लिएर इजरायल पुगिसकेका छन् । इजरायली सेनाले हमासद्वारा रिहा गरिएका बन्धक आइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *