|
२०८२ आश्विन २७
काठमाण्डौँ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन् ।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७ बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन् । उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए ।
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए । हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए ।
राजदूत पण्डितले शवको विषयमा कहिले प्राप्त गर्ने भन्ने विषय पनि स्पष्ट नभएको बताए ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्