सेनाको विरुद्ध बोल्नु अघि सुरक्षा परिषद् र सैनिक ऐन हेर्नुहोस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौं, असोज २५ – भूतपूर्व सैनिकहरूले नेपाली सेनालाई लान्छना लगाउने गतिविधिहरू रोक्न राजनीतिक नेताहरूलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथी राजेन्द्र थापा, थमनबहादुर बस्नेत, भरतबहादुर रायमाझी, वासुदेव अधिकारी लगायतले वर्तमान जेन–जी आन्दोलनको सन्दर्भमा सेनाको भूमिका सकारात्मक रहेको बताएका छन्।

उनीहरूले आन्दोलनको क्रममा सेनाले बल प्रयोग नगरेकाले मुलुक सुरक्षित अवतरणतर्फ गएको बताएका छन्। डा. बस्न्यातले नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत नेताहरूलाई सेनाको विरुद्ध बोल्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन अध्ययन गर्न सुझाव दिए। उनले नेपाली सेनालाई “मुर्ख संस्था” जस्तो सोच्न नहुने स्पष्ट पारे।

वासुदेव अधिकारीले पनि सेनाको संयमित भूमिकाले धेरै जनधनको क्षति हुनबाट बचाएको उल्लेख गर्दै, राष्ट्रहित विपरित अभिव्यक्ति र लेखाइबाट सबैले बच्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *