सेनाको ट्रकको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १४

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा सुर्खेतमा एक महिलाको मृत्यु भएको छ।

वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले ५० वर्षीया मनिकला सापकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ।

बजारबाट ब्यारेकभित्र जाँदै गरेको सेनाको ट्रकले सोमबार साँझ पौने ७ बजे ती महिलालाई ठक्कर दिएको हो। ट्रक र चालक दुवै प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिनुभयो।

घटनापछि स्थानीय आन्दोलिनमा उत्रिएर सेनाको ब्यारेकतर्फ जाने बाटोमा उनीहरूले सवारी साधन ठप्प गरेको उनले बताए। मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *