प्रचण्डको घोषणा : माओवादी केन्द्र फागुन २१ को चुनावमा सहभागी हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

काठमाडौं — नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको पेरिसडाँडामा सोमबार बसेको सचिवालय बैठकले सो निर्णय लिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने, “हामीले चुनावमा जाने निर्णय गरेका छौँ। यो विषयमा अन्य पार्टीहरूसँग पनि छलफल गरिरहेका छौँ।”

प्रचण्डले माओवादी केन्द्र सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा रहेको पनि बताए। “हामी कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय समितिबाट निर्णय भइसकेको छ। हाम्रो धारणा स्पष्ट छ — घोषित मितिमै चुनाव हुनुपर्छ र सबै पार्टीहरू सहभागी हुनुपर्छ,” उनले स्पष्ट पारे।

उनका अनुसार अहिले अन्य दलहरूसँग छलफल जारी छ र केही समयपछि त्यसको परिणाम पनि देखिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *