पोखरा जाँदै गरेको बस धनगढीमा दुर्घटना, एकको मृत्यु, १२ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

सुदूरपश्चिम प्रदेशको धनगढीबाट पोखरातर्फ जाँदै गरेको बा २ ख १९०७ नम्बरको यात्रुबाहक बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटनामा परेको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको छ भने अन्य १२ जना यात्रु घाइते भएका छन्।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको धनगढीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *