सर्लाहीमा माटोको ढिस्कोले पुरिँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १५

१५ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चारजनाको ज्यान गएको छ।

दशैंको तयारीस्वरूप घर लिपपोत गर्न माटो खन्ने क्रममा आज बिहान ९:२० बजे घटना भएको हो।


मृत्यु हुनेमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।


घाइते अवस्थामा उद्धार गरिएकाहरुलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएपनि चिकित्सकले सबैलाई मृत घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *