महाराजगञ्जमा लुटपाटमा संलग्न ४ जना सेनाद्वारा पक्राउ, ७३ नाल हतियार बरामद

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं — नेपाली सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ। उनीहरूबाट हतियार, म्यागजिन, राउण्ड, ब्युनेट लगायत सामग्री बरामद भएको छ।

बालाजु माछापोखरीबाट थप १ नाल हतियारसहित हालसम्म ७३ नाल हतियार बरामद भएको सेनाले जनाएको छ।

यता, धुलिखेल कारागारमा भएको प्रहरी र कैदीबीचको झडप र डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा आएको छ।

साथै फरार कैदीहरू मध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जना पक्राउ गरिएको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *