तपाईंको आजको राशिफल : आज मिति २०८१ साल मंसिर ३ गते सोमवार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संचित धनमा वृद्धि हुने योग रहेको छ भने नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कार्यबाट सन्तुष्ट हुनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। व्यापार क्षेत्रमा गरेको वाचा पूरा गर्दा लाभदायिक रहनेछ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ। हिसाब किताबमा सावधान रहनुहोला। ठेकापट्टाको काममा दिन लाभदायक रहने छ। वैदेशिक क्षेत्रबाट कुनै शुभ सूचना मिल्ने योग छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ लगानी गर्दा फाइदा मिल्नेछ। नोकरीमा सरूवा वा नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ।स्वास्थ्यले साथ दिनेछ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक गतिविधिमा व्यस्तता रहनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला, निवेश गर्नदेखि बच्नुहोस् ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज इर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामिलामा कसैलाई छिटो विश्वास नगरौं। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोस्।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै नयाँ निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह अवश्य लिनुहोस्। आफ्नो रिसमा संयम राख्नुपर्ने हुन्छ। पैतृक सम्पत्तिमा हानिका योग छन् धैर्य राख्नुहोस्।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। पुरानो साथीसँग भेट हुने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयर मार्केटको निवेशबाट लाभ पाउने योग छ। सहकर्मीहरूले कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउन सक्छन्। व्यवसायमा लगानी लगाउनदेखि बच्नुहोस्।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा मान प्रतिष्ठा बढ्नेछ साथै धार्मिक यात्राको योग छ। मानासिक अशान्ति हुन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुको सहयोग मिल्नेछ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष व्यक्तिसित भेटघाट हुनेछ। आफन्तमा मनमुटाव छ भने सुल्झिनेछ। कार्यक्षेत्रमा सफलता पाउनको लागि मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। पुरानो चिन्ताबाट मुक्ति मिल्नेछ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। बैंकबाट ऋण लिने प्रयास थियो भने सफलता मिल्नेछ। व्यापार,नोकरी या पेशामा भावनामा आएर निर्णय नलिनुहोस्।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो व्यवहार सकारात्मक राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। घरमा वृद्ध आमाबुवाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ । भाइबहिनीबाट शुभ सूचना मिल्नेछ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयोFacebookTwitterEmail

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *